• नमोबुद्ध संवाददात

धुलिखेल,०६ चैत :
भूकम्पबाट प्रभावित तीनलाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गतवर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गतिलिएको हो ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ । पहिलो किस्ता लिई जग निर्माण गरेर दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीले १ लाख ५० हजार पाउँछन् । तीनलाख १४ हजार १ सय२४ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
पहिलो किस्ता लिएर भूकम्पप्रतिरोधी घरको जग राखेका लाभग्राहीले निवेदन दिएपछि प्राविधिकले पुनःनिर्माण शुरु भएको संरचनाको जाँच गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् । त्यस्तै पुष मसान्तसम्म जग राखी दोस्रो किस्ताको माग गर्न नसक्नेहरुका लागि चैत मसान्तसम्मको समय थप गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !