• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०६ चैत :
सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीलाई अनुशासित,कर्तव्यनिष्ठ र आज्ञाकारी हुनु पर्ने भएकोले आचारसहिंता आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले सरकारी कर्मचारी सरकारले खटाएको ठाउँमा जानुपर्नेे बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीहरुलाई आचारसंहिता जारी गर्ने योजनाबारे जानकारी गराइसक्नु भएको छ ।

इस्लामिक देशमा नमाजको समय आएपछि स्पिकरबाट भन्ने र अरुले पढ्ने गरेको स्मरण गर्दै उहाँले अफिस जाने बित्तिकै म भ्रष्टाचार गर्ने छैन, सहज सुविधायुक्त ढंगले सेवा दिनेछु भनेर बाचन गर्ने र काम थाल्ने गर्नु पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस !