एजेन्सी
काठमाण्डौं,०५ चैत :
भ्लादिमिर पुटिन चौथोपटक रुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पुटिन ७६ प्रतिशतभन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए ।
पुटिनले अब ६ वर्ष रुसको नेतृत्व गर्नुहुनेछ । उहाँकोको चुनावी अभियान टोलीले यो जितलाई अविश्वासनीय भनेको छ । जित निश्चित भएसँगै सुरु भएको र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिनुभएको छ ।
पछिल्ला वर्षमा पुटिनको लोकप्रियता र शक्ति विश्वभर नै बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।