• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०५ चैत :
अघिल्लो पटक पनि सामान्य प्रशासन मन्त्रालयमा प्रशंसायोग्य काम गरेका एमाले नेता लालबाबु पण्डित यो पटक पनि आफ्नो कामकारवाहीमा एक्सनका साथ प्रश्तुत हुनुहुनेभएको छ ।
कर्मचारीलाई विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने देउवा सरकारको निर्णय ठिक नभएको भन्दै उक्त निर्णय यो सरकारले उल्टयाउने उहाँले बताउनुभयो ।
देश संघीयतामा गएको बेला कर्मचारी आबश्यक रहेपनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने गलत निर्णय गरेकाले उल्ट्याउन खोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताउनुभयो ।
जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्ने उहाँको भनाई छ । मन्त्री पण्डितले सोमबारबाट अवकास दिएका कर्मचारीका विषयमा अध्ययन गर्ने जानकारी दिनुभयो । खटाएको ठाउँमा नपुग्ने कुनैपनि कर्मचारी सेवामा नरहने पनि मन्त्री पण्डितले चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !