• राजन महतारा क्षेत्री

रामेछाप,०४ चैत :
नेपाल सरकारले घर बनाउन दिने भनेको सहुलीयत ऋण नपाउदा रामेछापका भुकम्प पीडितहरु समस्यामा परेका छन । नेपाल सरकारले भुकम्प पिडितका लागी घर बनाउन सहुलियत दरमा ऋण दिने भने पनि रामेछापका भुकम्प पिडितहरुले सहुलियत ऋण नपाएको गुनासो गरेका हुन् ।
२०७२ सालको भुकम्पबाट घरवार विहिन भएका जिल्लाका भुकम्प पिडितहरुलाई नेपाल सरकारले सामुहिक जमानीमा घर बनाउन ऋण दिने भने पनि अहिलेसम्म भुकम्प पीडितहरुले ऋण नपाएका हुन । नेपाल राष्ट्र बैकले भूकम्प पीडितलाई २ प्रतिशत व्याजमा कर्जा दिन बैक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । तर रामेछापका भुकम्प पिडितले अहिले सम्म पनि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराउने ऋण पाएका छैनन् ।
राष्टिय वाणिज्य बैक जिल्ला शाखा रामेछापका निमिक्त शाखा प्रबन्धक कृष्ण शर्माका अनुसार केन्द्रबाट कुनै निर्देशन नआएकाले ऋण लिन भुकम्प प्रभावित आए पनि अहिले सम्म ऋण उपलब्ध नभएको बताउनु भयो । रामेछापमा २०७२ सालको भुकम्पका कारण करिब ५० हजार घरहरु क्षति भएका छन ।

प्रतिक्रिया दिनुहोस !