• नमोबुद्ध संवाददाता

कोलम्बो,०४,चैत :
१२ दिन देखि श्रीलंकामा लगाइएको आपतकालिन अवस्था हटाइएको छ । मुस्लिम समुदायविरुद्ध हिंसा चर्किएपछि लगाइएको आपतकाल हटाइएको स्थानीय अधिकारीहरुले बताएका छन् । हिंसामा परि दुई जनाको मृत्यु हुनुका साथै सयौं घाईते भएका थिए ।

हिंसाका कारण मध्य श्रीलंकाको क्याण्डी शहरमा ४ सय ५० भन्दा बढी घर र पसलहरुमा क्षति पुगेको थियो । बौद्धमार्गीहरुको बाहुल्य रहेको श्रीलंकामा सन् २०१२ यता जातीय हिंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !