• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०४ चैत :
पुर्वपश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । वन मन्त्रालयको आग्रह अनुसार विश्व सम्पदा सुचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जलाई नछुने गरी पुर्वपश्चिम रेगमार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

यसअघि सम्भाव्यता अध्ययन गर्दा निकुञ्ज हुँदै रेलमार्गको परिकल्पना गरिएको थियो । चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फ रेलमार्ग हुने गरी सम्भावयता अध्ययन गरिएको रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने छ ।

विश्व सम्पदा सूचीमा सुचिकृत निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । पूर्व पश्चिम रेलमार्ग ९ सय ४५ किलोमिटर लामो हुने वरिष्ठ इन्जिनियर उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !