• नमोबुद्ध संवाददाता

चितवन,०४ चैत :
नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रिय सदस्य गगन थापाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गर्नुभएको छ । चितवनमा आईतबार भएको कार्यक्रमलाई संवोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

पार्टीभित्रको गुट मिलाउन सरकारलाई समस्या परेको बताउँदै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले जनहितमा काम गर्न नसक्ने ठोक्कुवा गर्नुभयो ।

पार्टी भित्रका गुट मिलाउन सरकारले मन्त्रालय फुटाएको आरोप पनि उहाँले लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री ओली संघियता र गणतन्त्रको पक्षमा नरहेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !