![](https://namobuddhakhabar.com/wp-content/uploads/2018/03/07022016094402vice-prez-copy-1000x0.jpg)
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०४ चैत :
उपराष्ट्रपतिमा पुन नन्दबहादुर पुन निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई निर्विरोध भएको घोषणा गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ अनुसार पुन उपराष्ट्रपति निर्वाचित भएको आयोगले जनाएको छ ।
यसैबिच माओवादी केन्द्रका शशिकला दाहाल राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आईतबार बसेको राष्ट्रिय सभा बैठकको निर्वाचनमा वाम गठवन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका शशिकला दाहाल निर्वाचित हुनुभएको हो । दाहालको पक्षमा ४५ मत खसेको थियो । राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका बृन्दादेवी आलेको पक्षमा मात्रै ११ मत खसेको छ । राष्ट्रियसभाका ५९ जना सदस्यमध्ये ५६ जनाले निर्वाचन प्रकृयामा भाग लिएका थिए । उपाध्यक्ष पदमा निर्वाचित दाहाल माओवादी केन्द्रको तर्फबाट प्रदेश नम्वर २ को प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो ।