- नमोबुद्ध संवाददाता
बनेपा,०३ चैत :
सञ्चार सुचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपालको आइटी क्षेत्रको विकासका लागि नेपालीहरु आफैं सक्षम रहेको बताउनुभएको छ । गृहजिल्ला काभ्रेमा प्रेस चौतारी नेपाल जिल्ला शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा उहाँले सवृद्ध नेपाल निर्माणका लागि प्रविधिको पाटोमा मुलुकमै रहेको जनशक्तिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले भन्नुभयो–“मैले सुनेको छु, आज अमेरिकन,युरोपियन मेनपावर महंगो छ । हाम्रो काभ्रेमा पनि आईटिपार्क बनेको छ , यहि आईटी सेक्टरमा काम गर्ने नेपाली अथवा अरु क्षमता राख्ने युवाहरुको पंक्तीले यहि काम गर्न सक्छ, संकल्प गरौं,जत्तिखेर अमेरिका सुत्छ, त्यत्तिखेर नेपाल उठ्छ ,यसरीनै उपलब्धीहरु हासील गर्न सकिन्छ ।” हिजो परेवा युग रहेपनि आज डिजीटल हुलक आईपुगेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सुचना प्रविधिमा आएको क्रान्तीलाई नेपाली जनजीवनसंग गाँसीन सक्नुपर्ने बताउनुभयो ।
उहाँको जोड थियो–“यो सुचना प्रविधि क्रान्तीका उपलब्धीहरु प्रत्येक बस्तीबस्तीमा, नगरिकका हातहातमा पुग्न जरुरी छ, शिक्षामा,स्वास्थ्यमा,रोजगारी सृजना गर्ने सवालमा जानुपर्छ ।” अब शिक्षामा चक डस्टरको युग समाप्त भईसकेको उहाँको भनाई छ । शिक्षा क्षेत्रमा अब मल्टि मिडियाको प्रयोग गर्ने कुरा र विशेषज्ञ सेवाहरु स्कुल स्कुलमा उपलब्ध गराउने कुरा शिक्षा मन्त्रलायले अगाडी सारेमा सञ्चार सुचना तथा प्रविधि मन्त्रालय सहयोग गर्न तत्पर रहने उहाँले बताउनुभयो । सहि कुराको प्रवद्र्धनमा सुचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउदै उहाँले मिडियामा विदेशी लगानी गराउन नहुने तर्क गर्नुभयो । कनै बाहिरी हस्तक्षेप र नियन्त्रणविना राष्ट निर्माणमा मिडियाको आलोचनात्मक भुमिका आवश्यक रहने उहाँको धारणा छ ।
मन्त्री बाँस्कोटाले राजनीतिक स्थीरता प्राप्त भएको यो अवस्थामा मुलुक गरिव रहन नसक्ने भन्दै मुलुकलाई प्रगतीको पथमा अगाडी बढाउन अव निर्माणको महाअभियानमा राष्ट होमिनुपर्ने उल्लेख गर्नुभयो । अब यो देश सुसंस्कृतिक,सभ्यसंगै भ्रष्टाचारविहिन हुनुपर्ने उहाँको जोड छ ।
राजनीतिक संक्रमण समाप्त भईसकेको अबस्थामा पनि गफ गर्ने विषय बाम गठबन्धनलाई नभएको उहाँको भनाई छ । उहाँले योजनासहितको काम इमान्दारिता र प्रगति हासील गरी नागरिकलाई खुसी बनाउन सरकार अब खरो रुपमा उत्रिनपर्ने आवश्यकता औंल्याउनुभयो ।
यदि व्यक्तिगत रुपमा आफु असफल भएमा काभ्रेले पनि एउटा धक्का महसुस गर्ने भन्दै मन्त्री बाँसकोटाले कुनैपनि नराम्रो मार्गतर्फ नजाने, नीजि सम्पत्ति आर्जन,सुखसयल मोज गर्ने हिसावले मात्रै राष्टिय झण्डा,प्राप्त पदहरुको वा अवसरहरुको प्रयोग नगर्ने प्रतिवद्धता जनाउनुभयो । नागरिक संकल्पीत योजनाहरुलाई अगाडी बढाई पाँच वर्षमा मुलुकले नयाँ काँचुली फेरेको हेर्न आतुर रहेकोले यसमा सबै नेपालको साथ र सहयोग पनि उत्तिकै जरुरी रहने मन्त्री बाँस्कोटाको भनाई छ ।