• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०२ चैत :
बैंक मर्ज हुँदा घोटाला भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी)को केन्द्रीय कार्यालय कमलादीमा छापा मारेको छ । बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोलीले छापा मारेर १३ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धितालसहित इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्याउपाने, मानबहादुर राउत, विनीतमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेका छन् ।
उनीहरुले नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा वि.सं. २०७२ मंसिर ११ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपश्चात् मर्जरको फाइदा उठाउँदै विभिन्न शाखाहरुबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ हानि–नोक्सानी पुर्याएको आरोप छ ।
सीआइबीले उनीहरुलाई अवश्यक छानबिनका लागि पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी बैंकिङ कसुर सजाय ऐनअन्तर्गत् मुद्दा चलाइने सीआइबीले जनाएको छ । केही समयअघि एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएको थियो

प्रतिक्रिया दिनुहोस !