• नमोबुद्ध संवाददाता

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले केन्द्रिय सदस्य शेरवहादुर तामाङ कानुन मन्त्री बन्नुभएको छ । ईतिहासकै शक्तिशाली सरकारको फुल मन्त्री बन्न सफल भएकोमा विशेष त तामाङ समुदाय तथा सिन्धुवासीमा खुसीयाली छाएको छ ।
भौगोलिकता तथा भौतिक विकासका दृष्टिले सिन्धुपाल्चोकको विकट क्षेत्र सिन्धुकोटमा जन्मिएका शेरवहाुदर तामाङ विगत सम्झदै भन्नुहुन्छ–“गाउँमै पढें,अहिलेजस्तो बेञ्च,कक्षा कोठा हुदैनथे,घरबाटै चकटि लिएर चौरमा पढ्नुपथ्र्यो । हामी त स्कुल पढिरहेका हुन्थ्यौं । गाउँमा राजाको सवारी भयो भन्ने वित्तिकै पढाई छोडेरै भएनी दौडिएर दर्शन गर्न पुग्थ्यौं, एक जना अग्लो मान्छे,घोडामा सवार थिए,तिनैलाई राजा भन्थे ।,गाउँलेहरु फूलमालाले स्वगत गर्थे,जयजयकार हुन्थ्यो ।
उमेर बढ्दै गयो, पढ्न छोडिएन । पछि बुझ्दै जाँदा घोडामा आएका व्यक्ति पशुपति शम्शेर राणा हुनुहुदोरहेछ,उहाँ म जन्मेकै गाउँबाट निरन्तर चुनाव जित्नुहुन्थ्यो,उहाँलाईनै हामी गाउँलेले राजा मान्दा रहेछौं ।

दुखजेलो गरी काठमाण्डौंमा आएर क्याम्पस पढ्न थालें,राजनीतिको बारेमा चासो हुन्थ्यो । गाउँको स्कुल सरस्वती मावि ग्याल्थुममा हुदानै संगठनमा आवद्ध भईसकेको थिएँ । क्याम्पस पढ्न थालेसी राजनीतिप्रति अझ चासो बढ्यो । मेरो गाउँ अनि देशको विकास कसरी होला भन्ने चिन्तन गरिरहें,राजनीतिप्रति झन नजिकिएँ । अन्ततगत्व हिजो राजा ठानिएका पशुपति शम्शेरसंगनै चुनाव लाड्ने निधो गरें, पार्टीले पनि टिकट दियो । २०७० सालको दोस्रो संविधानसभाको चुनाव र ०७४ सालको प्रतिनिधिसभाको चुनावमा उहाँलाई हराएँ । मेरा आखेमाम,आपाआमा,आनी,ज्योज्यो आले,नानाआङाले मलाई विश्वस गर्नुभो, त्यसैले आज मैले हिजोको राजाको ठाउँ पाएको छु ,हिजो राणा शाषणमा जस्तो हैन,लोतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताको मन जित्ने काम गर्नुपर्छ मैले ।
कत्तिले हामीलाई भोटे भनेर हेप्थे । जीवनमा थुप्रै दुख कष्ट वेहोरेको छु । संघर्ष गर्न छोडिएन,विभिन्न समस्याहरुकै बिच पढाईलाई निरन्तर अघि बढाईरहें,राज्य व्यवस्था र जनताका समस्याहरु बुझ्दै गएँ, जीवनमा कहिल्यै हारिन रपो आज यो ठाउँमा छु,जनताको लागि,देशको लागि केहि गरेरै छाड्ने प्रण गरिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस !