• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०१ चैत :
सरकारले विहिबारदेखि २० वर्ष पुराना सार्वजनिक यातायातका साधन संचालनमा पूर्ण रुपमा रोक लगाएको छ । देशभर सञ्चालनमा रहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि सरकारले यस्तो कदम चालेको हो ।

यातायात व्यवस्था विभागले सरकारी निर्णयको बेवास्ता गर्दै जबरजस्ती पुराना सवारी सञ्चालन गरेको पाइए त्यस्ता गाडी जफत गरी कवाडीमा लिलाम गरिने चेतावनी दिएको छ ।

हाल देशभर २० वर्ष पुराना सवारी साधन करिब साढे ५ हजार रहेको विभागको अनुमान छ । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन ।

प्रतिक्रिया दिनुहोस !