नयाँ दिल्ली,२२ फागुन :
भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्ति बोकेको एक ट्रक मंगलबार बिहान दुर्घटना हुदा कम्तीमा २५ जनाको ज्यान गएको छ । विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको हो ।
गुजरातको एक स्थानीय टेलिभिजनका अनुसार गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो । सो ट्रक एक स्थानीय होटलतर्फ गइरहेको बताइएको छ । यस घटनामा परी अरु के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा भने प्रष्ट छैन । तर घाइतेलाई नजिकैको अस्पतालमा लगिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस !