• नमोबुद्ध संवाददाता

दमक,२१ फागुन :
झापामा जारी झापा गोल्डकपमा सोमबार क्वाटर फाइनलका लागि दुई क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ भिड्नेछन् ।
आईतबारको खेल जित्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलमा पुलिसले रुपन्देही–११ लाई १–० गोल अन्तरले पाखा लगाएको हो । प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !