• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२१ फागुन :
नेपाली कांग्रेसले संसदीय दलको नेता सोमबार छान्दैछ । सहमति नभएपछि चुनाव हुँदैछ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । आईतबार साँझ सभापति देउवा र नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।
संसदीयदलको नेताका लागि सोमबार बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस संसदीयदलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।
संसदीय दलमा देउवा र पौडेल पक्षको प्रत्यक्षतर्फ बराबर संसद संख्या रहेपनि समानुपतिकतर्फबाट संसदीयदलमा देउवा पक्ष हाबी छ । प्रतिनिधि सभाको २७५ सिटमध्ये कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सहित ६३ स्थान जितेको छ । जित्नका लागि ३२ सिट आबश्यक पर्ने देखिन्छ । देउवाको बहुमत रहेको नेताहरुले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !