- नमोबुद्ध संवाददाता
कठमाण्डौं,२१ फागुन :
राष्ट्रपतिको निर्वाचनप्रक्रिया सुरु भएको छ । चुनावका लागि सोमबार नामावली प्रकाशन गरिदैछ । २९ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने भएकाले संघीय संसद्को दुवै सदनमा कुनै पनि कार्यक्रम नराखिएको संसद् सचिवालयले जनाएको छ । नर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोकेर सरकारलाई जानकारी गराउनुपर्छ । आयोगले २९ फागुनका लागि राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ ।
राष्ट्रपतिको चयनका लागि संघीय संसद्का सांसद र प्रदेश सभाका सांसदले मत दिनेछन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐनअनुसार संघीय संसद्का एक सदस्यको मतभार ७९ तोकिएको छ भने प्रदेश सभाका एक सदस्य बराबरको मतभार ४८ तोकिएको छ । ७ वटै प्रदेश सभाका ५५० र संघीय संसद्का ३३४ गरी ८८४ सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् ।