
- नमोबुद्ध संवाददाता
कठमाण्डौं,२१ फागुन :
संघीय संसद्को पहिलो बैठक आज सोमबार बस्दैछ । राष्ट्रियसभा र प्रतिनिधिसभा दबै सदनको पहिलो बैठक आज दिउँसो सम्बन्धित सदनको हलमा बस्ने भएको हो ।
संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्दैछ । संसद बैठकमा शीर्ष नेताहरुले सम्वोधन गर्ने कर्यतालिका रहेको छ । संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने जानकारी दिनुभयो ।
पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविध पारित गर्नेछ भने सभामुखको निर्वाचन मिति घोषणा गर्नेछ । त्यस्तै, राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।