काठमाण्डौं,१९ फागुनः
चिसोका कारण युरोपमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । युरोपमा अहिलेको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । चिसो बढेपछि त्यहाँको जनजीवन निकै कष्टकर बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
युरोपको स्लोभाकिया, चेक रिपब्लिक, लिथुवानिया, फ्रान्स, इटाली, रोमानिया, सर्भिया, स्लोभेनिया, नर्वे, नेदरल्याण्ड, स्वीडेनलगायतका देशमा पनि अत्याधिक चिसो बढेको छ । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित बनाएको हो । केही क्षेत्रको मौसम सुधार हुन थाले पनि अझै केही दिन चिसो रहने अनुमान गरिएको छ ।