
नमोबुद्ध संवाददाता
काठमाण्डौं,१९ फागुन :
राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभाका समानुपातिक तर्फका एक सदस्यलाई सांसदमा सपथ ग्रहण नगराउन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उजुरी परेको छ । राजपा नेपालको प्रतिनिधिसभा समानुपातिक सदस्यका उम्मेदवार सरिता चौधरीले पार्टीले गैर आदिवासी जनजातिकी अमृता अग्रहरीलाई समानुपातिक सदस्य बनाएको भन्दै सपथ रोक्न निवेदन दिनुभएको हो ।
थारु (आदिवासी जनजाति) समूहको एक नम्बरमा आफ्नो नाम रहेको चौधरीको भनाई छ । अमृता अग्रहरी गुप्ता (बनियाँ) समुदायमा पर्नुहुन्छ । तर, पार्टीले आदिवासी जनजाति समूहमा राखेर उहाँलाई प्रतिनिधिसभाको समानुपातिक सदस्य बनाएको छ । दुई नम्बरमा अमृता अग्रहरीको नाम रहेको छ । सरिता चौधरीको नाम थारु समूहकै एक नम्बरमा छ ।