नमोबुद्ध संवाददाता

काठमाण्डौं,१० फागुन :
नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति बन्न नसक्ने बताउनुभएको छ । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी सभापती शेरवहादुर देउवा पार्टीको संसदीय दलको नेता बन्न उपयुक्त नहुने बताउनुभएको हो ।
संसद्मा सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीको सामना गर्नुपर्ने भएकाले एकै व्यक्तिले दुइ दुइवटा जिम्मेवारी पुुरा गर्न नसक्ने नेता थापावको भनाई छ । थापाले सरकारको गुण र दोषको आधारमा कांग्रेसले संसद्मा भुमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले सरकारलाई संविधानको मर्म अनुसार हिड्न सचेत गराउँदै संसद्मा रचनात्मक भुमिका निर्वाह गर्ने थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !