कमल रावल
अछाम,१८ फागुन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भैसकेको बताउनुभएको छ । शुक्रबार अछाम पुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको जानकारी दिनुभएको हो ।
फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार भइसकेको अध्यक्ष प्रचण्डको भनाई थियो । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दालाई राजनीतिक छलफल र सहमतिका आधारमा संविधान संशोधन गरिने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले संघिय सरकारले पुर्णता पाएसंगै आफूहरु सुशासन र समृद्धि सहितको विकास निर्माणमा केन्द्रित हुने बताउनुभयो ।