नमोबुद्ध संवाददाता

काठमाण्डौं,१८ फागुन :
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सम्पूर्ण प्रयास विकास र समृद्धिका लागि हुने बताउनुभएको छ ।
शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले कागजी रुपमा मात्र समृद्धिको कुरा नभई जनतालाई अनुभुत हुने गरी काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार जनको जीवनस्तर उकास्नकै लागि काम गरिरहेको बताउनुभयो । उहाँले कुनै पनि नेपाली भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै केही बर्षभित्र नेपाल अल्पविकसित देशको सुचीबाट विकसित देशमा पुग्ने दाबी गर्नुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने भन्दै प्रधानमन्त्री ओलीले हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गिर्ने काम नगरे भ्रष्टाचार स्वतः अन्त्य हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !