• राजन महतारा क्षेत्री 

मन्थली,१४ फागुन :

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट मन्थली जाने यात्रुहरु सवारी भाडा नघट्दा मारमा परेका छन । रामेछाप बजारबाट १४ किलोमिटर दुरीमा पर्ने सदरमुकाम सम्मको सडक पिच भइसक्दा पनि भाडा नघट्दा स्थानियहरु असन्तुष्ट छन् ।
सडक पिच हुनुभन्दा अगाडि जति भाडा थियो, अहिले सडक पिच भइसक्दा पनि त्यति नै भाडा तिरेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष समिर कार्कीले गुनासो गनुभयो ।
रामेछाप बजारबाट मन्थलीका लागि हिमाल तराइ यातायातको बस सेवा सन्चालनमा छ । जसले मन्थलीसम्मको भाडा १०० रुपैया लिँदै आएको छ । यस्तै निशान भगवती यातायात ,नौलो सुपर सिटि यातायात,सिटि भिलेज यातायात लगायत साना सवारी साधनहरुले पनि मनपरी भाडा लिने गरेका छन ।
रामेछाप बजारबाट मन्थली जाने सवारी साधनहरु बिहानको समयमा मात्र जाँदा काम विशेषले मन्थली जानुपर्दा सवारी साधन नपाइने र महत्वपुर्ण काम छु्टने गरेको रामेछाप नगरपालिका ७ कि तुलसा कार्कीले गुनासो गर्नुभयो ।
रामेछाप बजारबाट जम्मा १४ किलो मिटरको दुरीमा रहेको सदरमुकाम मन्थलीसम्म जाने सवारी साधनहरु पर्याप्त नहुदा स्थानियलाई सदरमुकाम जान समस्या परेको छ । यो सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले अब छिट्टै यातायात व्यवसायि र जनप्रतिनिधिहरुलाइ राखेर छलफल गरी भाडादर समायोजन गर्ने वचन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !