• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१४ फागुन :
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक सोमबार मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गर्नुभएको हो ।
एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री,डा.युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ लिनुभयो भने माओवादीबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा सपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित मन्त्रीहरुलाई राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !