मोगादिशु,१३ फागुन :
सोमालियाको राजधानी मोगादिशुमा दुईओटा कारबम विस्फोट हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा भएको थियो । आक्रमणमा परी दर्जनौं घाइते भएका छन् ।
विस्फोटलगत्तै सरकारी सेनाले गरेको जवाफी कारबाहीमा पाँचजना आक्रमणकारी पनि मारिएका छन् । सोमलियाको सरकारलाई हटाउन संघर्षरत् इस्लामिक अतिवादी समूह ‘अल शबाब’ले आक्रमणको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।