• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१३ फागुन :
नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न जिम्बाबे पुगेको छ । नामिबियामा भएको डिभिजन टुको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो ।
समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ । दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् ।
विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानिस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् ।
समूहको पुछारमा रहने २ टीम डिभिजन टुमा झर्नेछन् ।

प्रतिक्रिया दिनुहोस !