- नमोबुद्ध संवाददाता
काठमाण्डौं,१३ फागुन :
नेपाली काँग्रेसले आईतबार आफ्नो संसदीय दलको नेता छान्दैछ । यसका लागि नेपाली कांग्रेसको बैठक डाकिएको छ । आईतबार बस्ने संसदीय दलको बैठकले दलको नेता छान्ने भएको हो । शनिबार संसदीय दलको विधान पारित भएको छ ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिनु भएको छ ।
२०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गर्नु भएको छ ।
तर देउवा यसमा असहमत देखिएकोले कोईराला पछि हट्ने सम्भावना छ । कोईराला पछि हटेसंगै दलको नेतामा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सिंहबिच प्रतिस्पर्धा हुने देखिन्छ । सहमति हुन सक्ने नेदेखिएकाले चुानावबाट नेता चयन गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका नेताहरुले जनाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । त्यसमा देउवाको बहुमत रहेको दावी उहाँको छ ।