- नमोबुद्ध संवाददाता
काठमाण्डौं,१२ फागुन :
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई जना नेता काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विद्यार्थी सङगठनका केन्द्रीय महासचिव दिपेन्द्र चलाउनी र काठमाडौं जिल्ला सचिव किशोर न्यौपाने रहनु भएको छ । काठमाडौंँ प्रहरी परिसरले चलाउनेलाई कमलपोखरी र न्यौपानेलाई कालिमाटीबाट पक्राउ गरेको जनाइएको छ ।
उनीहरुमाथि सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट विप्लव समूहका चार कार्यकर्ता पनि यसअघि पक्राउ परेका थिए ।
साथै पुर्व विराटनगरबाट पनि आफ्ना केहि नेता पक्राउ गरिउको विरोधमा केहि दिन अघिमात्र विप्लव नेतृत्वको पार्टीले नेपाल बन्द आह्वान गरेको थियो ।