
- नमोबुद्ध संवाददाता
सुर्खेत,१२ फागुन :
प्रदेश–६ ले अफ्नो नाम र राजधानी टुंग्याउने पहिलो प्रदेश बनेको छ । सात प्रदेशमध्ये यो सबैभन्दा ‘कान्छो’ हो ।
अन्य प्रदेशहरुमा राजधानी र नाम तोक्ने विषयमा राजनीति चलिरहदा प्रदेश ६ को शनिबारको बैठकले आफ्नो स्थायी राजधानी र प्रदेशको नाम तोकेको हो ।
बैठकले प्रदेशको नाम ‘कर्णाली’ राखेको छ भने स्थायी राजधानी ‘सुर्खेत’ तोकेको छ । प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतले पारित गरेको एमाले कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजङ्ग शाहले जानकारी दिनुभयो ।
देउवा सरकारले प्रदेश–६ को अस्थायी राजधानी पनि सुर्खेत तोकेको थियो ।