• सेम्ह्रो फुलमान मोक्तान  :

नवलपुर,११ फागुन :
सेलो गीत भन्ने वित्तिकै काठमाण्डौं आसपास थातथलो बनाएर बसेका तामाङ समुदायको गाउँहरुको सम्झना आउँछ । तिनै गीतमा तामाङ जनजीवनका कुराहरु उधिनिएका हुन्छन् ।
यसक्रममा राजु लामा(ह्योल्मो)र मेलिना राईको स्वरमा रहेको ‘मेलम्ची माथी नवलपुर’ बोलको सेलो गीतले तिनै तामाङ गाउँहरु चहारेको छ ।


सिन्धुपाल्चोकका मेलम्ची र नवलपुर लगायत आसपासका तामाङ बस्तीहरुमा छयांङ्कन गरि अब दर्शकमाझ भिडियोको रुपमा छिट्टै ल्याईन लागेको गीतको शब्द समेत कोर्नुभएका गायक राजु लामाले जनाउनुभयो । माया पिरति र आफ्नो ठाउँ गाउँ को चिनारीको रुपमा यो कोसेली ल्याउन जुटेको उहाँको भनाई छ ।


म्युजिक भिडियोमा म्युजिक भिडियोमा विशाल तामाङ थिङ, अर्जुन तामाङ ,साइफिना लामा र शिखा लामा देखिनेछन् । अमृत गिरीको निर्देशनमा रामेश्वर जिरेलले छयांङ्कन गर्नुभएको भिडियो छिट्टै रिलिज गरिने लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !