• नमोबुद्ध संवाददाता

काठमाण्डौं,११ फागुन :
सरकारले देश संघियतामा गएसंगै मितव्ययिता अपनाउने भएको छ । जनतालाई सहज रुपमा राज्यको सेवा सुविधाको पहुंचमा पुर्याउन स्थानिय सरकारलाई अधिकार सम्पन्न बनाएसंगै केन्द्रमा मन्त्रालय संख्या पनि कटौती गरिएको छ ।

केन्द्रमा धेरै मन्त्रालय राख्दा बढि आर्थिक भार पर्ने भएकोले अब प्रधानमन्त्रीको कार्यालयबाहेक १७ मन्त्रालय मात्रै रहने निर्णय गरिएको छ । यसअघि ३० मन्त्रालय रहेकोमा यलाई घटाएर १७ वटा मन्त्रालय बनाउने निर्णय सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो ।

अब १७ वटा मन्त्रालय कायम भएसँगै प्रधानमन्त्रीको कार्यालय समेत गरी मन्त्रिमण्डल १८ सदस्यीय हुने जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
साथै मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । एमाले पोलिटब्यूरो सदस्य तथा जीफन्टका अध्यक्ष रिमालले ओलीको अघिल्लो कार्यकालमा समेत राजनीतिक सल्लाकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !