
- नमोबुद्ध संवाददाता
धुलिखेल,१० फागुन :
सरकार आर्थिक संकटमा पर्ने अर्थविद्हरुले चेतावनी दिएका छन् । अर्थव्यवस्था डामाडोल रहेको बेलामा सरकारले विकासका नयाँ आयोजना ल्याउन पनि नसक्ने उनीहरुले बताएका छन् । सरकारको ढुकुटी रित्तिएको अवस्थामा सरकारले महत्वकांक्षी राष्ट्रिय गौरवका नयाँ योजना अगाडी बढाउन नसक्ने उनीहरुको भनाई छ ।
अर्थविद् केशव आचार्यले सरकारले थुप्रै आर्थिक चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो । संघिय संचरनामा मुलुक गएको बेलामा अहिले सरकारलाई साधारण खर्च धान्ननै मुस्किल हुने उहाँको भनाई छ ।
उहाँले सरकारलाई विकास निर्माणका महत्वकांक्षी नयाँ आयोजना ल्याउनभन्दा पनि अहिले निर्माणाधिन रहेको आयोजनालाई पुर्णता दिन सुझाव दिनुभयो । उहाँले निजगढ काठमाण्डौ फाष्ट ट्याक, हुलाकी राजमार्ग, बन्ने भनेका अन्तर्राष्ट्रिय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनालई पुर्णता दिनुर्नेमा जोड दिनुभयो ।
विकासको मेरुदण्डका रुपमा रहेका राष्ट्रिय गौरवका आयोजना पुरा भएको खण्डमा आर्थिक स्रोत जुट्ने र थप आयोजना ल्याउन सहज हुने उहाँको तर्क छ ।