धुलिखेल,१० फागुन  :
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई अदालतले पार्टी अध्यक्षपदमा बसीरहन नमिल्ने बताएको छ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफलाई पार्टी अध्यक्षको पदमा रहिरहन नमिल्ने फैसला सुनाएको हो ।
सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा अब कुर्नै पनि निर्णय नगर्न अदालतले निर्देशन समेत दिएको छ ।
प्रधानन्यायाधीश मेन साक्विबनिसारको नेतृत्वमा रहेको इजलासले यस्तो फैसला सुनाएको हो । यसअघि गतवर्ष सर्वोच्च अदालतले नवाज सरिफलाई पनामा लिक्स प्रकरणमा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !