• नमोबुद्ध संवाददाता

काठमाडौं, १० फागुन  :
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदलको बैठक विहिबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको बैठकले १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी दिइएको छ ।
दुवै कार्यदलले पार्टी एकताका लागि तय गरिएको सातबुँदे आधारलाई टेकेर काम गर्नुपर्ने एमाले सचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

राजनीतिक प्रतिवेदन तयार गर्नका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अन्तरिम विधान मस्यौदा गर्नका लागि माओवादी केन्द्रका नेता रामबहादुर थापालाई जिम्मा दिइएको छ ।

चैतको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी छलफल अगाडि बढिरहेको कार्यदलका सदस्यहरुको भनाई छ ।
यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकले दुई कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !