- नमोबुद्ध संवाददाता
भरतपुर,चितवन ०८ फागुन :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपीओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो –“महाधिवेशन नभएसम्म दुवैैजना अध्यक्ष रहने प्रणालीमा गएका छौँ, आजबाट केपीओली र मलाई अध्यक्ष मान्दा भयो ।”
प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको उल्लेख गर्नुभयो ।
उहाँले अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागितामा कार्यदल बनाएको जानकारी दिनुभयो । प्रचण्डले अन्तरिम विधान र संगठनको सेटका लागि सुझावदिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा अर्काे कार्यदल बनाएको पनि बताउनुभयो ।