• राजकुमार गोले

काभ्रे,०७ फागुन :
नेपाली काँग्रेसका प्रबक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकास शर्माले अघिल्लो सरकारले गरेको निर्णयहरु नउल्टाउन ओली नेतृत्वको सरकारलाई चेतावनी दिनुभएको छ । आफ्ना पार्टी सभापति शेरवहादुर देउवा सरकारले गरेका नियुक्ति लगायतका निर्णय उल्टाए ओली सरकारको बैधानिकतामा प्रश्न उठने उहाँको दावी छ ।
सोमबार प्रजातन्त्र दिवसको अवसरमा,नेपाली काँग्रेसका नेताहरुले गरेको विमान अपहरणबारे बनाईएको बृतचित्र प्रर्दशनीपछि सञ्चारकर्मीहरुमाझ प्रबक्ता शर्माले सरकारलाई एक्लै हिड्ने भन्दा पनि विपक्षीलाई समेटेर अगाडी बढ्न आग्रह गर्नुभयो । शर्माले वर्तमान सरकारसंग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न नेपाली काग्रेस सधै तयार भएको बताउनुभयो ।

उहाँले देशको विकासका लागि बाम एकता होस् भन्ने पक्षमै रहेको उल्लेख गर्नुभयो । प्रवक्ता शर्माले भन्नुभयो –‘एमाले र माओवादी मिल्नुस्, काँग्रेस पनि मिलेको हेर्न चाहन्छ तर खुट्टा दह्रो नटेकीकन एक अर्कालाई आरोपप्रत्यारोपमा लाग्नु राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस !