• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०७ फागुन :
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको ऐतिहासिक अवसर सुरु भएको बताउनुभएको छ । उहाँले तीन वटै तहको निर्वाचन सकिएर सरकार गठन भइसकेकाले सबै तहका सरकारले आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
६८ औं प्रजातन्त्र दिवसलाई सोमबार काठमाण्डौको टुँडिखेलमा सम्बोधन गर्दै उहाँले सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवम् हितको रक्षा, कानुनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अबको कार्यदिशा हुने उल्लेख गर्नुभयो ।
संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवम् बढोत्तरी गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ । देशको विकास, प्रगति र समृद्धिको लागि आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !