• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०७ फागुन :
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा सहमति भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार एक्लाएक्लै भएको वार्तामा पार्टी एकताको सहमति भएको हो । पार्टीको नाम, नेतृत्व र वैचारिक राजनीतिक विषयमा पनि सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने पार्टीको नेतृत्व ओली र प्रचण्ड दुबैले गर्नुहुनेछ । सहअध्यक्ष वा दुबै अध्यक्ष के रहने भन्ने बारेमा पार्टी एकता संयोजन समितिले टुङ्गो लगाउने भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएपनि समयावधि तोकिएको छैन । जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस !