• एजेन्सी

तेहरान,०६ फागुन  :
इरानमा इस्फहान प्रान्तको सेमिरोम सहर नजिकैको पहाडी क्षेत्रमा एक विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । असेमन एयरलाइन्सले आफ्नो विमान दक्षिणी इरानमा दुर्घटना भएको र सबै यात्रीको मृत्यु भएको जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता मोहम्मद ताघी टाबाटबइले इरानको टेलिभिजनलाई यो जनाकारी दिनुभएको हो । विमानमा ६० यात्री, दुई सुरक्षाकर्मी र चालक दलका चार सदस्य सवार थिए । उडान भरेको केही बेरमै सो विमान राडारबाट गायव भएको थियो । उद्धारका लागि पठाइएको एउटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !