• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०४ फागुन :
सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेको छ । पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सात सय ५३ स्थानीय तहमै प्राविधिक शिक्षालय स्थापनाको घोषणा गर्नु भएको हो ।

प्राविधिक शिक्षातर्फ ३० र प्राज्ञिक शिक्षातर्फ ३० प्रतिशत बनाउने बाम गठबन्धनको चुनावी घोषणापत्र अनुसार प्रधानमन्त्री ओलीले सिसिइभिटीमार्फत सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने योजना सार्वजनिक गर्नु भएको हो ।

दुई वर्षभित्रमा संघीय संसद्भवन स्थापना गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता रहने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार पार्ने, आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्ने, राष्ट्रिय पुँजीनिर्माण र विदेशी लगानी भित्र्याउने योजनामा कटिबद्ध रहने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !