
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०२ फागुन :
अवको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित भएको छ । एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि उहाँ प्रधामन्त्री बन्ने पक्का भएको हो ।
स्थायी कमिटीको वुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाए लगतै माओेवादी सँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयीभएका सांसदहरुले सपथ नै लिनबाँकी रहेकाले दलको नेता भने चुन्न बाँकी छ । तर, एमाले र माओवादीशीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ ।