• नमोबुद्ध संवाददाता

सिर्जनानगर,भक्तपुर,०२ फागुन :
भक्तपुर नगरपालिका १ सिर्जना नगरस्थीत नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिको घरमा वुधबार वम फेला परेको छ । प्रजापतिको घरको छतमा रहेको टेलिफोनको टावर नजिक बोराभित्र लुकाएर राखिएको अवस्थामा प्रेसरकुकर वम भेटिएको हो ।

अहिले नेपाली सेनाको वम डिस्पोजल टोली पुगेको र दुई पटक डिस्पोज गर्ने प्रयास गरेपनि असफल भएको सो स्थानबाट पत्रकार मिलन लामाले जानकारी दिनुभयो ।

वम कसले र किन राखिएको हो भन्ने खुल्न नसकेको स्थानिय प्रहरीले जनाएको छ । वम फेला पर्नु र डिस्पोज गर्ने सुरक्षा कर्मीको प्रयास असफल भएपछि स्थानिय त्रसित् छन् ।

प्रतिक्रिया दिनुहोस !