• नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे,२८ माघ :
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले धुलिखेल सामुदायिक अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको छ । सामुदायिक अस्पतालको नाममा करोडौं रकम अनियमितता गरेको भन्दै उसले कारवाही गर्ने बताएको हो । उसले पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालभित्रको वेथितीको भण्डाफोर गर्न सञ्चार जगतलाई अपिल पनि गरेको छ ।

‘अहिले हामी शान्तिपुर्ण,चेतावनीयुक्त शैलीबाट अघि बढ्छौं,अटेर गरे थप रणनीति अपनाउछौं ।’


सर्वसुलभ स्वास्थ्य सेवा दिन भनि २५ वटा बाहिरी देशहरुबाट ल्याएको अनुदान खर्चमा पारदर्शीता नदेखिएको उसको दावी छ । नेकपाको ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख मणिक लामाले नमोवुद्ध खबरलाई भन्नुभयो ‘यो अस्पताल र काठमाण्डौं विश्वविद्यालय कर्मचारी भर्ना प्रक्रियादेखीनै ठुलो चलखेल गर्ने अखडा बन्दैछ ।’
विरामीलाई अभद्र व्यवहार गर्ने,औषधीमा चर्को मुल्य लिई ठग्ने जस्ता रवैया तत्काल बन्द गर्न पनि नेकपाले अस्पताल प्रशासनलाई आग्रह गरेको छ । उसले कार्ड सिस्टम राखी विकट डाँडापारी र कोसीपारीका गरिव जनतालाई निशुल्क स्वास्थ्य सेवा दिन पनि माग गरेको छ ।

नेकपाको ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख मणिक लामाले नमोवुद्ध खबरलाई भन्नुभयो ‘यो अस्पताल र काठमाण्डौं विश्वविद्यालय कर्मचारी भर्ना प्रक्रियादेखीनै ठुलो चलखेल गर्ने अखडा बन्दैछ ।’

उहाँले प्रश्न गर्नुभयो–‘धुलिखेल अस्पताल जनताप्रति जिम्मेवार हुनुपर्छ कि पर्दैन ?,सेवाग्राहि त ठगिएकै छन्,जनताको नाउँमा करोडौं खाने अस्पताल एउटा समुदाय,एउटा वर्गका लागि मात्रै हो ?,गरिव जनताले उपचार कसरी गराउने ?’
ति निकायलाई सच्चिन आग्रह गर्दै उहाँले थप्नुभयो–‘अहिले हामी शान्तिपुर्ण,चेतावनीयुक्त शैलीबाट अघि बढ्छौं,अटेर गरे थप रणनीति अपनाउछौं ।’

प्रतिक्रिया दिनुहोस !