• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२६ माघ :
प्रदेश ३ को मुख्यमन्त्रीको बलियो दावेदार मानिएका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे यसको रिङबाटै बाहिरिएका छन् । एमाले संसदिय दलको नेतामा एमाले मकवानपुरका नेता डोरमणि पौडेल निर्वाचित भएपछि शाक्य र पाण्डे मुख्यमन्त्री बन्ने रिङबाट बाहिरिएका हुन् ।

पाण्डेले शाक्यलाई समर्थन गरेपनि दलको नेताको नतिजा पौडेलको पक्षमा देखियो । संसदिय दलको नेतानै मुख्यमन्त्री हुने व्यवस्थाअनुसार प्रदेश ३ को मुख्यमन्त्री डोरमणि बन्ने पक्का भएको छ ।

शुक्रबार भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नुभयो । एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा मतदान भएको हो ।

पहिलो महिला मुख्यमन्त्री पाउने आशमात्रै –

प्रदेश ३ लाई पहिलो महिला मुख्यमन्त्री पाउने अवसर थियो । शाक्य सात प्रदेशमध्ये मुख्यमन्त्रीको एकमात्र दाबेदार हुनुहुन्थ्यो । प्रदेशसभामा चुनाव लडेका र जितेका सबै पार्टीका महिलामध्ये राजनीतिक इतिहास र पदीय जिम्मेवारीका हिसाबले सबैभन्दा सिनियर महिला भएकैले पनि शाक्य मुख्यमन्त्री बन्नेमा जनताको विश्वास थियो । एमाले संसदीय दलको नेतामा चुनाव हारेसँगै पहिलो महिला मुख्यमन्त्री पाउने अवसर खेर गयो ।
एमालेभित्र उहाँ केपी ओली र माधव नेपालहरु सरहको राजनीतिक इतिहास बोकेकी संघर्षशील महिला भएपनि चरम गुटबन्दीको शिकार बनेको विश्लेषण गरिएको छ ।

एमालेभित्र शाक्य केपी ओली र माधव नेपालहरु सरहको राजनीतिक इतिहास बोकेकी संघर्षशील महिला भएपनि चरम गुटबन्दीको शिकार बनेको विश्लेषण गरिएको छ ।


शाक्यको पराजय उहाँको व्यक्तिगत वा एमाले भित्रको एउटा गुटको पराजय मात्र नभई संघीय गणतन्त्र नेपालले गर्व गर्ने एउटा क्षण गुमाएको महलिा अधिकारकर्मी बताउछन् । उहाँलाई त्यो अवसरबाट छुटाउनुलाई ३३ प्रतिशत संवैधानिक अधिकार पाएका महिलालाई ‘जिरो’मा र्पुयाइएको विश्लेषणका साथ हेरिएको छ । यसलाई एमाले जस्ता प्रगतिशिल विचारबाट अघि बढेको वाम पार्टीको महिलालाई हेर्ने दृष्टिकोण र व्यवहार छर्लंग भएको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !