
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,२६ माघ :
सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गर्लाकी नगर्ला ? सरकारले बेलैमा यसबारे निर्णया नगर्दा अन्यौलतामा रहेका भुकम्प पिडित समयअवधि थप गरिएसंगै खुसी भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई प्रदान गर्ने दोस्रो किस्ताको रकम वितरण गर्ने समयावधि चैत मसान्तसम्म थप्ने निर्णय गरेको हो ।
दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म तोक्दा धेरै छुट्ने भएपछि प्राधिकरणले समायवधि थपेको सीइओ युवराज भुसालले जानकारी दिनुभयो ।
उहाँले पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार ५७७ पुगेको जानकारी दिनुभयो ।