• नमोबुद्ध संवाददाता

काठमाडौं– हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड यसबर्षदेखि हुने भएको छ । पहिलो संस्करणको मनोनयन बुधबार राजधानीमा सार्वजनिक गरियो । मनोनयनमा विभिन्न १८ बिधाका कलाकारहरूको भिडन्त हुँनेछ । मनोनितहरुलाई नेपाली सांगीतिक संघका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानले प्रमाण पत्र हस्तान्तरण गरे ।

सार्वजनिक मनोनयनमध्ये संगीततर्फ रमेशराज भट्टराई, पारशमनि ढुङ्गाना, एनबि थापा, नेपाली पप गायन पुरुषमा पालदोर्जे पाख्रीन, सुनिल कटवाल, दिल्पु मोक्तान, भेषराज बस्नेत, कबिन योन्जन, टीका बोम्जन, शानाहाङ लिम्बू, दिपक राई बान्तावा, राजेश राई, देबेश राई, पप गायन महिलातर्फ सरस्वती लामा, प्रशन्न पाण्डे, प्रजिता गेलाल, प्रमिला राई मनोनित भएका छन् ।

नेपाली आधुनिक गायनको पुरुषतर्फ रमेशराज भट्टराई, सरोज राई, दिपक बान्तवा राई, गौरब नारायण राई, सिदार्थ घिसिङ, पारसमणि ढुङ्गाना, यही विधाको महिलातर्फ सरु गौतम, शशी कला मोक्तान, निर्मला घिसिङ, लोक दोहोरी गायन पुरुषतर्फ कृष्ण रेउले, बिमल डागी, दिनेश थापा, देबेश राई, राजेश राई परेका छन् भने महिलातर्फ सरिता डागी र रितु लामा मनोनित भएका छन् । लोक दोहोरी नव गायनको पुरुषतर्फ सन्दीप ग्याबा तामाङ, एसपिएम धिरज राई, मीन बहादुर तामाङ, प्रेम आले मगर, केबल श्रेष्ठ केशब, राजु चेपाङ, सिताराम परियार, सागार सिजाली मगर, प्रेम राना मगर, कमल साईलो, बुद्धिमान तामाङ, प्रेम बिवस राना, विश्व पासा तामाङ, यही विधाको महिलातर्फ कला रोका मगर, पबिता तामाङ, एलिना खनाल, भुमिका गिरी, बसन्ती राई, रितु तामाङ, आरती श्रेष्ठ, सोनिया तामाङ, आशा राई गुरुङ, रुपी सिजाली मगर मनोनयनमा परेका छन् भने गीति लेखनतर्फ रमेश राज भट्टराई, कर्म शेर्पा, विशाल लिम्बु, साजन तामाङ, कोकिल मोक्तान, सन्तोस राई, प्रेम आले मगर, उत्तम भण्डारी, आमीर लोप्चन, मनिष थापा मगर, सन्दिप स्याम्चेन तामाङ मनोनित भएका छन् ।

नोमिनेशनमा परेका कलाकारहरुलाई निर्णायक मण्डलबाट चाडै भोटिङ कोड उपलब्ध गराउने आयोजकले जनाएको छ । अवार्डको ग्राण्ड फिनाले मलेसियामा हुने कार्यक्रममा बताइयो ।

त्यस्तै म्हेन्दोमाया गायन महिलातर्फ शान्ती माम्बा तामाङ, रितु तामाङ र सीता लामा परेका छन् भने म्हेन्दोमाया गायन पुरुषतर्फ सुमन घले, शैलाप वाईबा, चिजा लामा, हिदाम तामाङ, विश्वपासा तामाङ मनोनितत भएका छन् । तामाङ सेलोको पुरुष गायनमा सुभास तामाङ, कोष बोम्जन, जीवन बोम्जन, रमित लामा, प्रयास दोङ, सन्जिब वाईबा, कृष्ण वाईबा, जेम्स तामाङ, सुदिप घिसिङ मनोनित हु“दा यही विधाको महिला गायनमा शशि कला मोक्तान, जीतु लोप्चन, रेश्मा बोम्जन र निर्मला घिसिङ सुचिकृत भएकी छन् । नेपाली म्युजिक भिडियो मोडेल पुरुषतर्फ दुर्गेश थापा, फुर्वा दोर्जे तामाङ, राजीब बलामी श्रेष्ठ, सोनाम तामाङ र सुजन कोइराला मनोनयनमा परेका छन् भने महिलातर्फ रश्मि तामाङ, रिना थापा मगर, दिपाशा बिसी, कल्पना गुरुङ परेका छन् ।

तामाङ सेलो मोडेल पुरुषमा शम्भु मोक्तान, खेम मोक्तान र एरिन तामाङ सुचिकृत भएका छन् भने महिलातर्फ रश्मि तामाङ, सुष्मा मोक्तान, एन्जिला वाइबा तामाङ, रुपा एस घले तामाङ, मल्लिका थोकर तामाङ, कृन्जेल तामाङ, शलिना तामाङ, दोर्जिमा शेर्पा र अञ्जली घिसिङ तामाङ मनोनयनमा परेका छन् । तामाङ सेलो तथा म्हेन्दोमाया संगीतकारमध्ये सन्जीब वाइबा, प्रयास दोङ, शैलाप वाइबा मनोनित भएका छन् ।

मनोनयन सार्वजनिक कार्यक्रममा वरिष्ठ सेलो गायक प्रेम लोप्चन, वरिष्ठ गायिका इन्दिरा गुरुङ, एरेञ्जर पवनवाङ लामा, सङ्गीतकार शान्तिराम राई, चलचित्र विकास बोर्डका सदस्य एवं अभिनेता उत्तम केसी लगायतले शुभकामना दिए । हिमालय ईन्टरटेनमेन्ट ग्रुपले गर्न लागेको अवार्ड भोटिङको आधारमा हुने बताइएको छ । नोमिनेशनमा परेका कलाकारहरुलाई निर्णायक मण्डलबाट चाडै भोटिङ कोड उपलब्ध गराउने आयोजकले जनाएको छ । अवार्डको ग्राण्ड फिनाले मलेसियामा हुने कार्यक्रममा बताइयो ।

प्रतिक्रिया दिनुहोस !