
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलको रोजाइमा परेको चितवन २ एमालेको भागमा परेपछि उनी आगामी निर्वाचन नलड्ने भएका छन्।
चितवन २ एमालेको भागमा परेपछि काठमाडौं १० बाट उठ्ने हल्ला चलेपनि बादलले काठमाडौं बाट चुनाव लड्ने इच्छा नदेखाएको माओवादी नेताहरुले बताउका छन् । माओवादीले काठमाडौं १० बाट नेता हितमान शाक्यलाई उठाउने तयारी गरेको छ ।
माओवादी केन्द्रले नेता बादल काठमाडौं १० बाट चुनाव लड्ने कुरा हल्लामात्र भएको बताएको छ ।