Nepali-senaकाठमाडौं,भदौं ७ । नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ । आज यहाँ बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको छ । स्थानीय प्रशासन ऐन २०२८ (ख) अनुसार एउटा जिल्लाको कुनै क्षेत्र प्रहरीको नियन्त्रण बाहिर जान थालेमा प्रमुख जिल्ला अधिकारीले सेना परिचालन गर्न सक्छ । यो ऐन अनुसार नेपाली सेनाले जुनसुकै ठाउँमा जुनसुकै बेला खानतलासी लिने र शंकास्पद व्यक्तिलाई गोली चलाउनेसम्मको अधिकार राख्छ । यस्तो बेलामा शंकास्पद व्यक्तिलाई बिनापूर्जी पक्राउ गर्न सक्छन् । दंगाग्रस्त क्षेत्रभित्र जुलुस, सभा समारोह, सेमिनार, बैठक र मनोरञ्जनात्मक काम गर्न पाइँदैन र त्यस्तै केन्द्रहरु बन्द गरिनेछन् । स्थानीय प्रशासनले यो अवधिमा शिक्षण संस्था पनि बन्द गर्न सक्नेछ । दंगाग्रस्त क्षेत्रमा ५ जना भन्दा बढी एकै ठाउँमा हिँड्न निषेध गरिएको छ । त्यस्तै व्यक्तिका पसल, घर तथा गोदामहरुमा शंका लागेमा सेनाले खानतलासी गर्ने र शंकास्पद लागेका सामाग्री जफत गर्ने सक्नेछ ।

प्रतिक्रिया दिनुहोस !