एकीकृत नेकपा माओवादीका अध्यक्ष पक्षधरहरुले पार्टी एकताको लागि अध्यक्षको राजिनामाको प्रस्ताव लिएर आएको र आफूले त्यसलाई अस्विकार गरेर फर्काई दिएको बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले खुलासा गरेका छन् । बरिष्ठ उपाध्यक्ष बैद्यले पार्टी भित्रको विवाद पदकोलागी नभई नीति र सिद्धान्तकोलागी भएको भन्दै अध्यक्षले लिएको पार्टीको लाईन नै गलत रहेकोले पार्टीको लाईन नै परिवर्तन गर्नु पर्ने बताएका छन् । मध्यरातमा संविधानसभा विघठन गरेर असम्बैधानिक रुपमा संविधानसभाको अर्को निर्वाचनको घोषणा गरेको भन्दै उनले असम्बैधानिक काम गर्ने प्रधानमन्त्रीले तत्काल पद त्याग गरेर गोलमेच सम्मेलनको मार्फतबाट अर्को सहमतिको सरकार निर्माण गर्नु पर्ने माग गरेका छन् ।